images
images
images

भेटेरिनरी अस्पतालका तत्कालीन प्रमुखसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

images

पूर्वाधार वाच, काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पतालका तत्कालीन कार्यालय प्रमुखसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन प्रमुख डा। प्रताभ झासहित तीन जनाविरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

भवन ठेक्का बोलपत्रमा झुटा बिल पेस गरी रकम हिनामिना गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख झा, सहलेखापाल अनिल लिम्बू, मोडक एड्भटाइजिङ प्रालिका प्रोपाइटर कौशल राज सिंहविरूद्ध मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीको ठेक्का बोलपत्रमा झुटा बिल तयार गरी एक लाख २९ हजार ६६७ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

२०८२ जेठ २ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवनको बोलपत्र आह्वानको सूचना सार्वजनिक गरेको भनिए पनि कतै प्रकाशित नभएको प्रवक्ता पौडेलले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्