images
images
images

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव विष्ट नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको पदावधि तीन वर्ष हुनेगर्छ ।

बैठकले समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र केही दिनपछि लागु हुनेगरी अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ ले परिकल्पना गरेअनुसार सार्वजनिक खरिद पुनरावलोकन समिति गठन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्