images
images
images

दावा बजारका ५० घरमा ‘एक घर एक धारा’ निर्माण

images

पूर्वाधार वाच, भोजपुर।

यहाँको नगरपालिका–४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन भएपछि स्थानीयलाई सहजता भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यहाँ ५० घरमा ‘एक घर एक धारा’ निर्माण गरेपछि स्थानीयलाई सहजता भएको हो ।

दावा बजार क्षेत्रमा रहेको पानीको हाहाकारलाई ध्यानमा राख्दै आयोजना निर्माण सम्पन्न भएपछि यहाँको पानीको समस्या हल भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल प्रधानले जानकारी दिए । आयोजना सम्पन्न पश्चात यहाँका ५० घरमा धारा जडान गरेर पानी वितरण भइरहेको उनको भनाइ छ ।

‘दावा खानेपानी आयोजना सञ्चालनमा आएको छ’अध्यक्ष प्रधानले भने, ‘यो आयोजनाबाट ५० घरमा पानी जडान गर्न सफल भएका छौँ । अहिले यो क्षेत्रमा पानीको समस्या छैन ।’

दावा बजार खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका स्थानीयको वषौँदेखीको पानीको समस्या अन्त्य भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताए ।

यहाँ कार्यालयको करिव रु ६० लाख लागतमा आयोजना निर्माण गरिएको प्रमुख ठाकुरको भनाइ छ । यो आयोजनाको मुख्य लाइन चार किलो मिटर र वितरण लाईन चार दशमलव ५ किलोमिटर रहेको कार्यालयले जनाएको छ ।

‘दावा खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ’ प्रमुख ठाकुरले भने, ‘आयोजना सञ्चालन पश्चात यहाँका नागरिकको वषौँदेखिको पानीको समस्या हटेको छ । हामीले यो आयोजनाको थलगत अनुगमन पनि गरेका छौँ ।’

पानीको समस्या समाधानको लागि जिल्लाका विभिन्न ठाउँमा खानेपानी आयोजना निर्माणको काम धमाधम भइरहेको प्रमुख ठाकुरको भनाइ छ ।

दावा बजार खानेपानी आयोजना सञ्चालनमा आएपछि घण्टौँ लगाएर पानीको जोह गर्नु पर्ने समस्यमाबाट मुक्त भएको स्थानीयबासी लक्ष्मी भण्डारीले बताइन् । आधा रातदेखि लाइनमा बसेर टाढाको धारा, कुवाबाट पानी ल्याउनु पर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।

‘दावा क्षेत्रमा पानीको धेरै नै समस्या थियो’ उनले भनिन्, ‘पानीको जोह गर्न हामीलाई धेरै समय लाग्थ्यो । अहिले घर घरमा धारा जडान भएपछि हाम्रो पुस्तौदेखीको समस्या हटेको छ ।’ घरमा धारा जडान भएपछि सरसफाईसँगै घरको दैनिक कामकाजमा सहजता भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्