images
images
images

‘सुमिरे ट्राभल्सले भिजिट भिसाका नाममा अर्बौं असुलेको छ, तिनैका मान्छे संसदमा उफ्रिरहेका छन्’

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा हजारौं मानिसबाट अर्बौं रुपैयाँ लिएर बद्मासी गरिरहेको बताएका छन्।

शनिबार प्रतिनिधि सभामा बोल्दै सांसद खतिवडाले उक्त ट्राभल्सले विगत १० वर्षदेखि भिजिट भिसामा जापान पठाउने र उनीहरूबाट अर्बौं रूपैयाँ असुल गरेको दाबी गरेका हुन्।

यसबारेमा निष्पक्ष छानबिन हुनुपर्ने पनि उनले बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्ष्य गर्दै त्यसरी बदमासी गर्नेहरु नै संसदमा आएर उफ्रिरहेको बताए।

‘सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स होरु विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बद्मासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यदाकदा संसदमा आएर उफ्रिने काम भएको छ, यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस्,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्