images
images
images

संघीयताको १० वर्षपछि आए पनि निजामती विधेयक स्वागतयोग्य : सांसद कुँवर

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले संघीयता लागू भएको १० वर्षपछि आए पनि निजामती विधेयक स्वागतयोग्य रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० माथिको छलफलका क्रममा बोल्दै सांसद कुँवरले यस्तो बताएका हुन् ।

उनले पहुँच र शक्तिको भरमा कर्मचारी खटनपटन हुँदा उनीहरु सधैं त्रसित रहनुपर्ने मौजुदा अवस्था विधेयक कार्यान्वयनले अन्त्य हुने विश्वास समेत व्यक्त गरे ।

संघीयता लागू भएको लामो समय बितिसक्दा समेत केन्द्रीकृत मानसिकता हाबी हुँदा सेवाग्राही नागरिक र स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र आजित भएको उल्लेख गर्दै यस्तो समस्या अब नहुने उनको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्