images
images
images

नेपालले खानेपानी तथा सरसफाइ क्षेत्रमा प्रधानमन्त्रीस्तरीय अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गर्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

खानेपानी तथा सरसफाइ क्षेत्रको महत्वपूर्ण प्रभावलाई दीगो रूपमा परिवर्तन गर्न नेपालले प्रधानमन्त्रीस्तरीय प्रतिबद्धतामा हस्ताक्षर गर्ने भएको छ।

यही असार १३ गतेको मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्रालयलाई ‘प्रधानमन्त्रीस्तरीय प्रतिबद्धता: खानेपानी, सरसफाइ र स्वच्छतामार्फत राष्ट्रिय रूपान्तरण’ (Prime Ministerial Commitment: A National Transformation in, and through, Water, Sanitation and Hygiene) विषयक अन्तर्राष्ट्रिय दस्तावेजमा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति गर्ने निर्णय गरेका सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मनत्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस पहलमार्फत नेपालले खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रलाई राष्ट्रिय रूपान्तरणको प्रमुख आधार मानी नीति निर्माण, लगानी, र सेवा प्रवाहमा गम्भीरता अपनाउने प्रतिबद्धता जनाएको छ।

सरकारको यो निर्णयले दीगो विकास लक्ष्य (SDG-6) प्राप्तिका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ। यो दस्तावेजमा हस्ताक्षर गरेसँगै नेपालले अन्तर्राष्ट्रिय समुदायलाई खानेपानी तथा सरसफाइको विषयमा आफ्नो सक्रिय सहभागिता र जिम्मेवारी स्पष्ट रूपमा प्रस्तुत गर्नेछ।

सरकारले अबको दिनमा उक्त प्रतिबद्धता कार्यान्वयनका लागि आवश्यक नीति, स्रोत र समन्वयलाई प्राथमिकता दिने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्