images
images
images

सुदूरपश्चिमको बजेट सर्वसम्मतिले पारित

images

पूर्वाधार वाच, काठमाडौं ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । बजेटको आलोचना र छानबिनको माग भइरहँदा बुधबार बसेको प्रदेश सभा बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो ।

सभामुख भीमबहादुर भण्डारीले बजेटसँग सम्बन्धित विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । यस प्रदेशमा ३३ अर्ब ४७ करोड रूपैयाँको बजेट पेश भएको थियो । सत्ता र विपक्षी दलका गरी २७ जना सांसदले छलफलमा भाग लिएका थिए ।

छलफलका क्रममा अधिकांश प्रदेश सभा सदस्यहरूले योजना खरिदबिक्रीमा बिचौलिया संलग्न भएको आरोप लगाउँदै त्यसबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्