images
images
images

प्लान्टमा विष्फोट घटनाबारे जगदम्बा स्टिलले भन्यो- मानवीय क्षति छैन, भौतिक संरचनामा नोक्सानी

images

पूर्वाधार वाच, काठमाडौं ।

जगदम्बा स्टिल उद्योग बाराले मानवीय क्षति नभएको प्रष्ट परेको छ । तर भौतिक संरचनामा ठूलो नोक्सानी भएको उद्योग प्रशासनले बिहीबार प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिएको हो ।

जगदम्बा स्टिल उद्योग परिसरमा रहेको सीसीएम प्लान्टमा कच्चा पदार्थ पगाल्ने ३० टन क्षमताको भट्टीमा आगलागीपछि विस्फोट भएको बिज्ञप्तिमा उल्लेख छ । उद्योगका अनुसार, बुधबार राति करिब ९ः१५ बजे भएको हो ।

विस्फोटमा परी भारतको बिहार, समस्तिपुर निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका छन् । उनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको उद्योगले जनाएको छ ।

तर विभिन्न सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धेरैको मृत्यु भएको भन्दै अफवाह फैलाइएको प्रति उद्योगले ध्यानाकर्षण भएको जनाएको छ । यस घटनाले समाजमा पर्न गएको असहज अवस्था प्रति उद्योग प्रशासनले दुस्ख व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्