images
images
images

झापामा सवारी दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

images

पूर्वाधार वाच, भद्रपुर ।

झापाको मेचीनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बुधवारेतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे८प ८०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुरयाउना साथ चिकित्सकले निजलाई मृत घोषणा गरेका उनले बताए ।

प्रहरीका अनुसार अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४९ वर्षीय निर्मला विक र उनकी १७ वर्षीय छोरी दिपा विक घाइते भएका छन् ।

घाइते दुवैको चारआलीस्थित बीएण्डके पोलिक्लिनिकमा उपचार भइरहेको प्रनाउ खड्काले जानकारी दिए ।

अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेसहित सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा बालकको मृत्यु

भद्रपुर–३ स्थित देउनिया र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा १२ वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।

महारानीचोकका अर्जुन लिम्बुका १२ वर्षीय छोरा अर्पण लिम्बू साथीहरूसँग पौडी खेल्ने क्रममा आज दिउँसो खोलामा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किच्चकवधबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजतलासका क्रममा बालकको शव घटनास्थलमा फेला पारेको प्रनाउ खड्काले जानकारी दिए । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्