images
images
images

मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण सुरु

images

पूर्वाधार वाच, गोदावरी ।

कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा ३२ हजार बिरुवा रोपण सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका–३ र १३ मा रहेको डिलासैनी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्रको बगर क्षेत्रमा वृक्षरोपण सुरु गरिएको हो ।

डिभिजन वन कार्यालय कैलालीको सहकार्य र नेचर नेक्सस नेपालको आयोजनामा शनिबारदेखि वृक्षरोपण सुरु गरिएको डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले बताए ।

वन क्षेत्रभित्रको खाली जमिनलाई हराभरा बनाउने उद्देश्यले वृक्षरोपण सुरु भएको बताउँदै उनले यसले नदी कटान रोकथाममा सहयोग पुग्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण सहयोग मिल्ने बताए ।

डिलासैनी सामुदायिक वनका अध्यक्ष कृष्णसिंह ऐरका अनुसार सामुदायिक वनभित्रको खाली जमिनमा वृक्षरोपण गर्ने योजना रहेको जानकारी दिए । मोहना नदीको कटान हुने क्षेत्रलाई पनि मध्यनजर गर्दै ३२ हजारभन्दा बढी बिरुवा रोप्ने योजना रहेको उनले बताए ।

नेचर नेक्सस नेपालका निर्देशक वीरेन्द्र विष्टले वृक्षरोपणले वातावरण संरक्षणमा मात्र नभई जनचेतना फैलाउने काममा सहयोग पुग्ने बताए ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षरोपण गर्ने काम भरपर्दो भएकाले जैविक विविधता संरक्षणका लागि वृक्षरोपण अनिवार्य रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्