पूर्वाधार वाच, काठमाडौं ।
कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नवनिर्मित बेलीब्रिजको उद्घाटन गरेका हुन् ।
हुम्लाको चुवाखोला बेलीब्रिजको उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको थियो।
तर, सुर्खेतबाट हुम्ला जाने हवाई मार्ग, विशेष गरी कालिकोट खण्डको मौसममा सुधार नभएपछि प्रधानमन्त्रीको उडान ढिलो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्