images
images
images

लिथुआनिया र रोमानिया पठाइदिन्छु भन्दै पौने २ करोड बढी ठगी, एक जना पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।  

लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भई हाल काठमाडौं-६ बस्ने ३२ वर्षीय फिन्चु लामा रहेका छन्।

रोहन भनिने लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। लामालाई काठमाडौं-१० बाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।

लामाले ४५ जना युवायुवतीबाट उक्त बराबरको रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए।

लामालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

लामाले नयाँ बानेश्वरमा इन्स्युर डेस्टिनी इन्टरनेसनल नामक कन्सल्टेन्सी चलाउने गरेका थिए। लामाविरूद्ध हाल ४५ जनाले उजुरी दिएका छन्। यो संख्या थपिने प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्