पूर्वाधार वाच, काठमाडौं।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक चार कम्पनी कालो सूचीमा राखेको छ । ती चारवटै कम्पनीलाई १/१ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा पर्नेमा थोमस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, डीजी इगल कन्स्ट्रक्सन एन्ड विल्डर्स प्रालि, शिवम् कन्स्ट्रक्सन र ग्रीन लिफ प्रालि छन् ।
थोमस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई शहरी विकास तथा भवन कार्यालय विराटनगर मोरङको सिफारिसमा १ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसका मुख्य व्यक्ति मुन्नी कुमारी मेहता हुन् ।
सडक डिभिजन चन्द्रनिगाहापुर रौतहटको सिफारिसमा टोखा नगरपालिका ७ काठमाडौंको डीजी इकल कन्स्ट्रक्सन एन्ड विल्डर्स प्रालिलाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ । यस कन्स्ट्रक्सनका मुख्य व्यक्ति रघुनाथ कुमार ठाकुर हुन् ।
जनकपुर उपमहानगरपालिका ८ धनुषाको शिवम् कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न गौशाला नगरपालिकाको कार्यालय महोत्तरीले सिफारिस गरेको थियो ।
शिवम् कन्स्ट्रक्सनका मुख्य व्यक्ति राधेश्याम झा हुन् । काठमाडौं महानगरपालिका २८ को ग्रीन लिफ प्रालिलाई कालोसूचीमा राख्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीले सिफारिस गरेको थियो ।
ग्रीन लिफ प्रालिका मुख्य व्यक्ति लुना खरेल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्