पूर्वाधार वाच, जनकपुर।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ परेका छन् । परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासमानको किर्ते हस्ताक्षर गरेको अभियोगमा उनलाई जनपुरबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
अध्यक्ष साहले कार्यकारी निर्देशक पासमानको हस्ताक्षर गरी बृहत्तरका केही कर्मचारीलाई हटाइएको पत्र उच्च अदालतमा पेश गरेका थिए ।
तर सो हस्ताक्षर आफ्नो नभएको उल्लेख गर्दै पासमानले अदालत र प्रहरीमा निवेदन दिएका थिए ।
पासमानको निवेदनको आधारमा विधि विज्ञान प्रयोगशालाबाट हस्ताक्षर जाँच हुँदा साहले किर्ते जालसाजी गरेको ठहर भएको प्रहरी स्रोतले जनाएको छ ।
अध्यक्ष साहविरुद्ध केही साताअघि किर्ते जालजासी मुद्दा दर्ता भएको र सो क्रममा पक्राउ पुर्जी जारी भएको थियो । बृहत्तर अध्यक्ष भएदेखि अध्यक्ष साह विवादमा छन् ।
केही कर्मचारीहरुमाथि उनले अनेक मुद्दा गरेका छन् । डेढ वर्षदेखि कर्मचारीहरुको तलब रोक्का गरेका छन् । कार्यलयमा कुनै काम हुन दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्