पूर्वाधार वाच, काठमाडौं ।
४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत परियोजनाले आज उत्पादन अनुमती (लाईसेन्स) प्रमाणपत्र प्राप्त गरेको छ।
उर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्यले परियोजना प्रमुख कृष्ण आचार्यलाई प्रमाणपत्र हस्तान्तरण गरे।
प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा विद्युत विभागका महानिर्देशक नवीन सिंह, हामि मा. हृदयराम थानी, मा. पुष्प बी. शाह र ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउद समेत उपस्थित थिए।
उक्त परियोजनाले कर्णाली क्षेत्रमा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमार्फत आपूर्ति गर्ने लक्ष्य राखेको छ।
अनुमति प्राप्त भएसँगै निर्माण कार्यलाई थप गति दिने तयारी भइरहेको परियोजना प्रमुख आचार्यले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्