images
images
images
images

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार

images

काठमाडौं । राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको उद्धार गरिएको छ ।

बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो ।

images

दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्‍याई जोखिमपूर्ण प्रसूति अवस्थाबाट जीवन रक्षा गर्ने र मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्