images
images
images

मनसुनका बेला विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आह्वान

images

पूर्वाधार वाच, काठमाडौं ।

मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्का सम्भावना बढेकाले नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्न सबैलाई सतर्क र सक्रिय रहन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले विशेष आह्वान गरेको छ।

पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा विपद्को जोखिम न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, राहत वितरण तथा मानवीय सहयोगका कार्यमा संलग्न हुन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरूलाई अपिल गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो। हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ।’

रास्वपाले सबै नागरिक, निकाय र सरोकारवालालाई दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न आग्रह गर्दै, ‘सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’ भनेको छ।

कार्यवाहक सभापति अर्यालले पार्टीका सबै सदस्यहरूलाई उच्च सतर्कता अपनाउन र मानवीय सेवाको उच्चतम भावनाका साथ तयारी अवस्थामा रहन विशेष अपिल गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्