पूर्वाधार वाच, काठमाडौं ।
यस वर्षको ईप्पान ऊर्जा ज्योति सम्मान नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं वरिष्ठ ऊर्जाविज्ञ प्रबलराज अधिकारीलाई प्रदान गरिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान)का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईकी स्वर्गीय सुपुत्री शृनिका गुरागाईको स्मृतिमा स्थापित उक्त सम्मानको राशी एक लाख रुपैयाँ रहेको छ ।
सम्मान ग्रहण गर्दै अधिकारीले ऊर्जा क्षेत्रमा आफ्नो योगदानको मूल्यांकन गरेको भन्दै धन्यवाद र खुशी व्यक्त गरे ।
उनले नेपालमै विद्युत खपत गरेर राष्ट्र समृध्दिको लागि सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्