images
images
images

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

images

पूर्वाधार वाच, पर्सा ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादवले पर्साका खानेपानीको अभाव भएका क्षेत्रको संयुक्त रूपमा अनुगमन गरेका छन् ।

सङ्घीय सरकारका दुवै मन्त्रीले आज पर्साको निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने विभिन्न ठाउँमा खानेपानीको चर्को समस्या झेलेका जनतासँग छलफल तथा सोको समाधानको विषयमा छलफल गरेका हुन् ।

खानेपानीमन्त्री यादवले वीरगञ्जसहित पर्साका धेरै स्थानमा नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि कानुनमन्त्री चौरसिया र आफूले गाउँ–टोल तथा वडाहरूमा संयुक्त अनुगमन गरेको जानकारी दिए ।

मन्त्री यादवले महानगरको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा रु चार अर्ब ५० करोड लागतमा परियोजना अघि बढाउन लागिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्