images
images
images

आजदेखि नयाँ आर्थिक वर्ष सुरु

images

पूर्वाधार वाच, काठमाडौं ।

यसवर्ष राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धिभएको छ । अर्थ मन्त्रालयका अनुसार गतवर्ष भन्दायसवर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धिभएको हो । गतवर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।

गतआर्थिक वर्ष (आव) २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोडरुपैयाँ राजस्व संकलन भएको छ । त्यसअघि आव२०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

सरकारले आव२०८१/०८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्यअनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनिअघिल्लो आवको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । उनले भने, ‘तयारी सुरु गरिसकेका छौं । चालू आवमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघिबढ्नेछौं ।’

चालूआवमा१३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । आव २०७१/०७२ मा ४ खर्ब ५ अर्ब, २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब रुपैयाा राजस्व संकलन भएको थियो ।

त्यसैगरी २०७६/०७७मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८र०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र२०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्