images
images
images

नेपाल इन्जिनियर्स एशोसिएसनले पायो ‘आइएसओ ९००१ः २०१५’ मान्यता

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल इन्जिनियर्स एशोसिएसनले अन्तर्राष्ट्रियस्तरको आइएसओ ९००१ः २०१५ मान्यतासहितको प्रमाणपत्र पाएको छ । गुणस्तरीय सेवा र व्यवस्थापन प्रणालीलाई उच्चतम मापदण्डमा पुर्‍याउँदै आएको भन्दै सो प्रमाणपत्र प्राप्त गरेको एशोसिएसनले जनाएको छ ।

आइएसो प्रमाणपत्र प्राप्त गर्नु नेपालको इन्जिनियरिङ क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यो प्रमाणपत्र विश्वव्यापी मान्यताप्राप्त गुणस्तर व्यवस्थापन प्रणालीको प्रमाण हो, जसले संस्थाले सेवा प्रवाहमा पारदर्शिता, दक्षता र सुधारप्रति देखाएको प्रतिबद्धतालाई औपचारिक रूपमा पुष्टि गर्दछ।

नेपाल इन्जिनियर्स्‌ एशोसिएसनले यो उपलब्धि इन्जिनियर समुदायको लागि गौरवको विषय भएको बताएको छ ।

अब एशोसिएसनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा र प्रशासनिक प्रक्रिया सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

यो सफलता संस्थालाई भविष्यमा अझ धेरै प्राविधिक तथा प्रशासनिक उत्कृष्टतामा पुर्‍याउने प्रेरणाको स्रोत बन्ने विश्वास लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्