images
images
images

भारत र बेलायतबीच व्यापार सम्झौता सम्पन्न, भारतमा कार र व्हिस्की सस्तो हुने

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग मुक्त व्यापार सम्झौता (एफ़टीए)मा हस्ताक्षर गरेका छन्। यसले दुवै देशबीच अरबौं रुपैयाँको व्यापार वृद्धि हुने अपेक्षा छ।

यस सम्झौताले भारतमा बेलायती कारहरू, एयरोस्पेस सामग्री, विद्युतीय उपकरण, चिकित्सा उपकरण र व्हिस्की सस्तो बनाउनेछ भने बेलायतमा भारतीय वस्त्र र गहना पनि सस्तो उपलब्ध हुनेछन्। साथै, अवैध आप्रवासनलाई नियन्त्रण गर्न नयाँ भारत-बेलायत योजना सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

तर, बेलायतका विपक्षी दलहरूले चेतावनी दिएका छन् कि यस सम्झौताले बेलायती मजदूरलाई हानी पुग्न सक्छ। किनभने यसमा राष्ट्रिय बीमा योगदान (नेशनल इन्सुरेन्स)मा छूटलाई एक वर्षबाट तीन वर्षसम्म विस्तार गरिएको छ।

बेलायती व्यापार मन्त्री जोनाथन रेनल्ड्सले भने, ‘यो पूर्ण रूपमा गलत हो’ र बेलायतमा अस्थायी रूपमा काम गर्ने भारतीय कामदारहरूले पनि त्यो सुविधा पाउनेछन् जुन पहिले नै धेरै देशहरूलाई दिइएको छ।’

बेलायतबाट भारततर्फ निर्यात हुने सामानमा लाग्ने औसत शूल्क दर १५५ बाट घटेर ३५ हुने भएकोले बेलायती कम्पनीहरूका लागि भारतमा सामान बेच्न सजिलो हुनेछ।

दुबै प्रधानमन्त्रीहरूले रक्षा, शिक्षा, जलवायु र प्रविधि क्षेत्रमा घनिष्ट सहकार्य गर्नेमा पनि सहमति जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको यो बेलायत भ्रमण उनको चौथो भ्रमण हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्