images
images
images

बागमती प्रदेशका ४ मन्त्रीले दिए राजीनामा

images

पूर्वाधार वाच, मकवानपुर ।

बागमती प्रदेशका चार जना मन्त्रीहरुले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ रहेका छन् ।

उनीहरु चारै जना कांग्रेसबाट निर्वाचित सांसद हुन् । प्रदेशमा संसदीय दलको नेता परिवर्तन गर्न आफूहरूले राजीनामा दिएको उनीहरुको भनाई छ ।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्