images
images
images

भन्सार छलीको आशङ्कामा ५२ लाखभन्दा बढी मूल्य बराबरको सामानसहित ट्रक नियन्त्रणमा

images

पूर्वाधार वाच, बारा ।

बारा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा ५२ लाख भन्दा बढीको सामान नियन्त्रणमा जानकारी दिएको छ । भन्सार छलीको आशङ्कामा प्रहरीले ५२ लाख ७० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५६७२ नम्बरको ट्रक सिमरा चौकस्थित पूर्वपश्चिम राजमार्गमा रोकेर जाँच गरेको थियो ।

लोड गरिएको सामानको बिल,बिजक र ढुवानी सामग्रीबिच असमानता देखिएपछि भन्सार छली गरिएको आशङ्कामा प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको जनाएको छ।

ट्रकबाट करिब ५२ लाख ७० हजार ९३ रुपैयाँ मूल्य बराबरको कपडा, साइकल पार्टपुर्जा, विभिन्न प्रकारका केमिकल, औषधि तथा अन्य खुद्रा सामानहरू बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकसहितका सामानहरू नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्