images
images
images

घट्यो सुनचाँदीको मूल्य, ताेलामा कति ?

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ९४ हजार ४ रुपौयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।  आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ९८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ४६ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्