images
images
images

खानेपानी उपभोक्तालाई १ करोड २९ लाख रुपैयाँ विद्युत् महसुलमा अनुदान

images

पूर्वाधार वाच, तनहुँ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ । आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि ०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई एक करोड २९ लाख ६७ हजार रकम वितरण गरिएको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिनुभयो ।

गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उनको भनाइ थियो । गत वर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताए । २५ हजारसम्मको विद्युत् महसूलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उनले जानकारी गराए ।

यहाँ २५ हजारदेखि ४० हजार रुपैयाँसम्म ७५ प्रतिशत, ४० हजारदेखि ६० हजार रुपैयाँसम्म ५०, ६० हजारदेखि ८० हजार रुपैयाँसम्म २५ र ८० हजारदेखि एक लाख रुपैयाँसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ ।

‘उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने छ,’ उनले भने, ‘छ/छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्