काठमाडौं । पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले स्थानीय बासिन्दाका लागि आकर्षक आम्दानीको स्रोत मात्र नभई पर्यटक तान्ने प्रमुख माध्यमसमेत बनेको छ ।
सुजाउका किसानहरू बिहान सबेरैदेखि कमलका ताजा फूल टिपेर स्थानीय बजारमा पु-याउने गर्छन् । विशेषगरी कृषि कार्य कम हुने मौसममा कमल खेतीले धेरै परिवारलाई अतिरिक्त आम्दानीको अवसर दिएको छ ।

७४ वर्षीय किसान शेङ वेइछ्वानका अनुसार विगतमा करिब ०.७ हेक्टर क्षेत्रफलको कमल पोखरीबाट वार्षिक ३ हजारदेखि ४ हजार ५ सय अमेरिकी डलरसम्म आम्दानी हुनु राम्रो मानिन्थ्यो । अहिले उचित व्यवस्थापन गर्न सके यही क्षेत्रबाट ६ हजारदेखि ७ हजार अमेरिकी डलर वा त्यसभन्दा बढी आम्दानी गर्न सकिने अवस्था सिर्जना भएको छ ।
अर्की किसान लिन सियाओवानले कमलका फूल बिक्री गरेर दैनिक १५० देखि ३०० अमेरिकी डलरसम्म आम्दानी हुने बताइन् । उत्पादन लागत कटाएपछि पनि दैनिक १०० देखि १३० अमेरिकी डलरसम्म बचत हुने उनको भनाइ छ ।
कमलको व्यवसाय केवल खेती र बिक्रीमा सीमित छैन । पर्यटकहरूले डुंगामा सयर गर्दै कमलबाट बनेका परिकार तथा पेय पदार्थको स्वाद लिनुका साथै कमल विषयवस्तुमा आधारित हस्तकलाका सामग्री र स्मरणिका खरिद गर्ने अवसर पनि पाउँछन् । यसले स्थानीय पर्यटन व्यवसायलाई समेत उल्लेखनीय रूपमा चलायमान बनाएको छ ।

नान्जिङबाट घुम्न पुगेकी एक पर्यटकले सुजाउको कमल संस्कृतिको अनुभव लिन आएको बताउँदै करिब ७ अमेरिकी डलरमा कमलको फूलको गुच्छा र १० अमेरिकी डलरमा दुईवटा पेय पदार्थ खरिद गरेको जानकारी दिइन् । उनका अनुसार कमलले भरिएको वातावरण गर्मीयामका लागि निकै आकर्षक र ताजगीपूर्ण अनुभव बनेको छ ।
स्थानीय तथ्यांकअनुसार कमल बजारबाट मात्रै दैनिक करिब ६० हजार अमेरिकी डलर बराबरको कारोबार हुने गरेको छ । सेप्टेम्बरसम्म सञ्चालन हुने यो मौसमी बजारले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको छ । सीसीटीभी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्