पूर्वाधार वाच, काठमाडौं ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ लाई विभिन्न ब्रान्डले आफ्नो सुविधा अनुरुप उपयोग गरिरहेका छन्। केही ब्रान्डले नयाँ सवारी लन्च गरेका छन् भने केहीले केही समय अघि नै नेपाली बजारमा भित्रिएको आफ्नो सवारी साधन प्रवद्र्धन गरिरहेका छन् ।
यस्तोमा एलएस अटोको आधिकारिक वितरणक नेक्सन भेन्चर प्रालिले भने हाल उपलब्ध ब्रान्डका साथै छिट्टै भित्रिने सवारी साधनको बुकिङ लिइरहेको छ ।
नेक्सन भेन्चरले नाइमामा लिभ ०१ प्रदर्शनमा राखेको छ ।
लिभ ०१ को मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा कम्पनीले बोनस र छुट उपलब्ध गराइरहेको छ । नाइमा एक्स्पमा बुक तथा खरिद गर्नेलाई कम्पनीले थप साढे २ लाख रुपैयाँ छुट दिइरहेको छ । साथै कम्पनीले उपभोक्तालाई १० किलोग्रामको वासिङ पनि उपलब्ध गराइरहेको छ ।
लिभ ०१ मा ६७.१२ किलोवाट आवर र ९९ किलोवाटको मोटर छ । ईभीले पूर्ण चार्जमा ५०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
बुकिङ एलएस अटो
नेक्सन भेन्चरले नाइमा लिभ ०५ र लिभ एक्सको बुकिङ लिइरहेको छ । कम्पनीले नाइमा एक्स्पमो यी दुई नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको थियो । गत असारमा आएको बाढीले रसुवागढी नाका अवरुद्ध हुँदा कम्पनीले गाडी नेपाल भित्र्याउन पाएन । लिभ ०५ प्रिमियम ह्याचब्याक ईभी हो। यसमा ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिइएको छ । रेञ्ज ४०० किलोमिटर हुने कम्पनीको दाबी छ ।
कम्पनीले बुकिङ लिइरहेको अर्को ईभी हो, लिभ एक्स । यो कम्पनीले हाल बिक्री गरिरहेको लिभ ०१ को फोर ह्विल ड्राइभ भर्सन हो । यो मोटर पावरका साथै केही फिचर थप भएर आउनेछ। यमास ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक छ । रेञ्ज ५४५ किलोमिटर प्रदान गर्ने कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्