पूर्वाधार वाच, कैलाली।
कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका स्थीत कारागारमा रहेका कैदीबन्दीहरु बीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।
उनका अनुसार झड्पका क्रममा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ भने घाइतेहरु सबैको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनले भने,‘हिजो राति कैदीबन्दीबीच झडप भएको थियो । झडपमा परि धनगढी उपमहानगर वडा नं ४ घर भएका कैदीबन्दी भरत चौधरीको चाँही मृत्यु भइसकेको छ । ४७ जना घाईते छन् । घाइतेहरुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।’
कैदीबन्दीहरु बिच के विषयमा झडप भएको थियो भन्ने कुरा अझै नखुलेको बताउँदै उनले अनुसन्धान जारी रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्