पूर्वाधार वाच, काठमाडौं ।
त्रिवेणी काखमा रहेका दर्जनौं सुन्दर पाटनले बडिमालिका जाने र आउने भक्तालुहरुलाई लोभ्याउछ । त्रिवेणी पाटन ‘भूस्वर्ग’ नै भएको अनुभूति तिर्थालुले गर्छन्।

सुन्दर हिमाल र मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन् । पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो ।

त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण छ। पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। त्यसैले बडिमालिका जाने तिर्थालुहरुले जाँदा र आउँदा त्रिवेणीमा नुहाएर पुण्य कमाउने विश्वास गर्छन् ।

अछाम, बाजुरा र कालिकोटबाट नजिक पर्ने त्रिवेणी पाटन पछिल्ला दिनमा बडिमालिकाबाहेकको समयमा पनि पर्यटकको रोजाईमा पर्दै गएको छ । 



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्