पूर्वाधार वाच, विराटनगर ।
कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेशमै पहिलो पटक डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन् ।
उक्त प्रणालीको सुरुवात प्रदेश जन–स्वास्थ्य प्रयोगशालाबाट शुक्रबार गरिएको हो । मन्त्री राईका अनुसार अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएकाले यो कदम उठाइएको हो ।
उनले भने, ‘डिजिटल प्रणालीमार्फत छिटो, छरितो र सजिलो रूपमा भुक्तानी गर्ने कार्य सुरु गरेका छौं । चाँडै सबै प्रादेशिक अस्पतालमा यो प्रणाली लागू गरिनेछ ।’
उनका अनुसार यसले नागरिकलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्न मद्दत गर्नेछ भने सुशासन र पारदर्शिता कायम रहनेछ ।
स्वास्थ्य मन्त्रालयले आगामी चैरणमा अन्य स्वास्थ्य संस्थामा पनि यो प्रणाली विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्