images
images
images

कुलिङ पिरियड प्रकरण : सभापति खतिवडाले दिए राजीनामा

images

पूर्वाधार वाच, काठमाडौं ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकबाट उनले राजीनामा घोषणा गरेका हुन् ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको कारण जिम्मेवारी बोध गर्दै राजीनामाको घोषणा गरे ।

उनले भने, ‘नखाएको विष लाग्दैन तर पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेरेको छु । प्रतिबेदनमा न मलाई दोषि ठहर्याएको छ न राजीनामा उल्लेख गरिएको छ । नत प्रचलित कानुन बमोजिक कारबाहीको सिफारिस गरिएको छ । तर प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहासी राजीनामा दिएको घोषणा गर्दछु ।’

उनले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताए ।

राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको बताउँदै उनले प्रतिवेदन लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्