images
images
images

महासंघका उपाध्यक्ष ढकालले पाए सेबोन बोर्ड सदस्यमा नियुक्ति

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को बोर्ड सस्यमा नियुक्त भएका छन् ।

उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरेका हुन् ।

नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप ढकाल सेबोनको सदस्यमा नियुक्त भएका हुन् ।

ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधी नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्य हुने व्यवस्था छ । ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।

सेबोन सदस्य नियुक्त भएपश्चात ढकालले पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्नो प्राथमिकतामा रहने बताए ।

यस्तै उनले बोर्डको सदयका हैसियतले पूँजीबजारको विकासका लागि आफु प्रयत्नशील रहने बताए ।

यस्तै शेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफुले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्