images
images
images

बाढीका कारण कवाडी खोला जलविद्युत पूर्णरूपमा क्षति, १२ सय घरधुरी प्रभावित

images

पूर्वाधार वाच, बाजुरा । 

जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्यामा आएको बाढीले कवाडी खोला लघु जलविद्युत आयोजनामा पुर्णरुपमा क्षति भएको छ । बाढीका कारण लघु जलविद्युत आयोजनामा क्षति पुग्दा यहाँका करिब १२ सय बढि घरधुरी प्रभावित बनेका छन् ।

लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकका घर, खेती योग्य जमिन, पुल  बगाएको थियो। बाढीले विद्युत् गृह, नहर र विद्युतीय उपकरणमा  क्षति पुग्दा सेवा अवरुद्ध भएको हो ।

बाढीका कारण आयोजनामा पुर्णरुपमा क्षति पुग्दा गाउँपालिकाको वडा नं ४, ५ र ६ वडाका स्थानीय विद्युत् सेवाबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष गोविन्द मल्लले बताएका छन् ।

उनले भने, ‘बाढीका कारण कवाडी लघु जलविद्युत आयोजनामा ठुलो क्षति पुगेको छ । जसका कारण गाउँपालिकाका करिब १२ घरधुरी विद्युत सेवाबाट प्रभावित बनेका छन् ।’ बिच्छ्यामा ७ घर र कुवाडीमा ११ घर गरी १८ वटा घरमा पूर्ण रूपमा क्षति पुग्नुका साथै खेतीयोग्य जमिन समेत बगाएको अध्यक्ष मल्लले बताए ।

बाढीले स्थानीयका घर, सरकारी तथा निजी भवन, विद्यालय वडा नं १ को वडा कार्यालय भवन, बिच्छ्या मावि, बिच्छ्या स्वास्थ्य चौकी, झोलङ्गे पुल उच्च जोखिम तथा संरचनामा ठुलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक ९डिएसपी० ईकवाल हवारीले बताए  ।

यता बाढीबाट प्रभावित पीडितहरूले तत्काल राहत तथा उद्धारको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।  प्रभावित क्षेत्रमा गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको छ । अवलोकन पश्चात् पीडितको राहात, उद्धारमा जुटिएको हिमाली गाउँपालिकाले जनाएको छ  ।

यस्तै बाढीले स्थानीय आइ सिंह बोहराको पसल, बाख्रा खोर सहित ६० बाख्रा र भीमराज बोहराको बाख्रा खोर सहित १० बाख्रा बगाएर बेपत्ता भएका छन् । प्रशासन कार्यालय बाजुराले बाढीबाट प्रभावितलाई सुरक्षित रहन आग्रह गरेको छ ।

बाढीबाट प्रभावित भएकाहरूलाई राहत र पुनः स्थापनाका कार्य क्षतिको पूर्ण विवरण आएपछि काम अघि बढाइने प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

उनले भने, ‘प्रहरीले बाढीबाट भएको क्षतिको विवरण संकलन गरी रहेको छ । शुक्रबारसम्म क्षतिको तथ्यांक आउँछ तत्पश्चात् प्रक्रिया अघि बढाउने छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्