पूर्वाधार वाच, काठमाडौं ।
जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ । यो सँगै अब जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफरमार्फत सहजै रकम पठाउन सकिनेछ ।
यो साझेदारीसँगै अब नेपालीहरुले नेपालका कुनैपनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सकिन्छ । साथै नियो मनि ट्रान्सफरका देशैभर रहेका एजेन्ट नेटवर्क मार्फत समेत रकम प्राप्त गर्न सकिनेछ ।
जेआरएफसँगको सिाझेदारीका विषयमा नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने, ‘जेआरएफ रेमिटसँग मिलेर हामीले अझ राम्रो रेमिट्यान्स सेवा प्रदान गर्न सक्नेछौँ । हाम्रो संयुक्त प्रयासले रकमको लेनदेनलाई अझ छिटो र भरपर्दो बनाउनेछ । साथै यसरी औपचारक माध्यमको प्रयोगलाई बढावा दिएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ भन्ने हामीलाई विश्वास छ ।’ नियो मनि ट्रान्सफरले पछिल्लो समयमा बजारमा आफ्नो उपस्थिती बलियो बनाउँदै लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्