पूर्वाधार वाच, काठमाडौं ।
शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले विभागीय प्रमुखहरुलाई चालु आर्थिक वर्षको भदौ मसान्तसम्म बहुवर्षीय बाहेकका योजनामामा ठेक्का लगाइ सक्न निर्देशन दिएका छन् ।
सोमबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग कार्य कार्यसम्पादन सम्झौता गर्दै उनले आफू मातहतका विभागीय प्रमुखहरुलाई सो निर्देशन दिएका हुन् ।
बहुवर्षीय वा नयाँ कार्यक्रममा कतै समस्या भए कारणसहित आफूलाई जानकारी गराउन समेत उनले आग्रह गरे ।
गत आर्थिक वर्षमा आर्थिक प्रगति सोचेअनुरुप हासिल नभएपनि भौतिक प्रगति उत्साहजनक रहेको समेत दाबी गरेका छन् ।
सचिव सिग्देलले विभागीय प्रमुखहरुलाई आफूले कार्यसम्पादन सम्झौताबमोजिम हरेक महिना मन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भन्दै सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्न समेत निर्देशन दिएका छन् ।
यस्तै उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष ०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए ।
‘कर्मचारीहरूले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्यो । समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्यो । पन्छने प्रवृत्तिले समयमा काम हुन सक्दै । गर्नुपर्ने काम समयमा गर्नुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ,’ उनले भने, ‘शहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चासो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरी काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नुस् ।’
उपप्रधानमन्त्री सिंह र शहरी विकास सचिव सिग्देलबिच कार्यसम्पादन सम्झौता
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्