images
images
images

सुनचाँदीको मूल्य घट्यो

images

पूर्वाधार वाच, काठमाडौं । 

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्