images
images
images

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै बन्दीपुर केबलकार

images

पूर्वाधार वाच, काठमाडौं । 

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर सार्वजनिक निष्कासन गर्न लागेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदनकर्ताले आस्वा सदस्य बैंक तथा ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन अवधि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ ।

यो आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिएको थियो, जसको बाँडफाँड भइसकेको छ ।

कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनको स्वीकृति पाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्