पूर्वाधार वाच, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ । जसका कारण धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ ।
विभागले दिउँसो देशभर साधरणतया बदली रहनुको साथै कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।
साथै, मधेस प्रदेशको तराईको एक दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र वागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार, आज राति भने कोशी, गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्