images
images
images

संसद् भवन निर्माण छिटाे सक्न ठेकेदारलाई उपप्रधानमन्त्री सिंहको निर्देशन

images

पूर्वाधार वाच, काठमाडौं ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्य तालिकाअनुसार गर्न निर्देशन दिएका छन् । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई यस्तो निर्देशन दिएका हुन् ।

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको चन्दै उपप्रधानमन्त्री सिंहले भने, ‘कुनै हालतमा काम हुनैपर्छ । समन्वयात्मक रूपमा अघि बढ्नुहोस् । कन्ट्राक्टरले दिएको कार्यतालिका बमोजिम काम गर्नुहोस् ।’

उनले संसद् भवनकै कारण मन्त्रालयको पर्फमेन्समा प्रश्न उठेको भन्दै केही समस्या परे मन्त्रालयले समन्वय गर्ने भन्दै काममा आलटाल स्वीकार्य नहुने बताए । सिंहले निर्माण कम्पनीलाई  नियमित प्रगति विवरण पेश गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न  निर्देशन पनि दिए ।

आजको बैठकमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, विशेष भवनका आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता थियो । बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्था बारेमा जानकारी गराए । साइट वरिपरि बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटेरीको काम, आन्तरिक सजावटको, कन्फरेन्सिङ काम लगायतका कामहरू बाँकी रहेको उनले बताए ।

निर्माण व्यवसायीले आवश्यक भन्दा न्यून कामदार लगाएको र काम बाँडेर हरेक दिनको काम गर्ने तालिका दिएको तर त्यो अनुसार काम नगरेको भन्दै असन्तुष्टि जनाए ।

निर्माण व्यवसायीले धेरै काम सम्पन्न भइसकेको भन्दै तालिका अनुसार काम अघि बढाउन प्रतिबद्ध रहेको बताए । संसद् भवनको पुस अन्तिम सातासम्म निर्माण सम्पन्न गर्ने म्याद छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्