images
images
images

शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन

images

पूर्वाार वाच, सिरहा ।

सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकको केही नीतिगत प्रावधानले गुणस्तरीय शिक्षा र निजी विद्यालयको अस्तित्व नै संकटमा पार्ने भन्दै निजी विद्यालय सञ्चालक संघ प्याब्सनले शुक्रबार लहानमा शान्तिपूर्ण विरोध र्याली निकालेको छ ।

‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा निजी विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

संघले विद्यालय बन्द गर्ने नीति विद्यार्थीको भविष्यसँग खिलवाड भएको भन्दै तत्काल नीति पुनर्विचार गर्न सरकारसमक्ष माग राखेको छ ।

सहभागीहरूले प्लेकार्ड बोकेर शान्तिपूर्ण जुलुस गरेका थिए र विद्यार्थीको उज्ज्वल भविष्यका लागि निजी विद्यालयको योगदानलाई सम्मान गर्न आग्रह गरेका थिए ।

संघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई राजनीतिबाट प्रभावित नगरी दीर्घकालीन नीतिगत स्थिरता कायम गर्न सरकारलाई अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्