images
images
images

योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : अर्थमन्त्री पौडेल

images

पूर्वाधार वाच, काठमाडौं ।

अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र विनियोजनमा गम्भीर समस्यामा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपालको बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति संवाद कार्यक्रममा बोल्दै उनले योजना निर्माण र विनियोजनमा भएको गम्भीर समस्याबाट बाहिर निस्कन कोसिश भएपनि त्यति नै पर्याप्त नभएको बताए ।

उनले भने, ‘योजना निर्माण मा र विनियोजनमा हामी एउटा गम्भीर समस्यामा छौं । र त्यो समस्याबाट बाहिर निस्कने कोसिश पनि भएको छ । तर हाम्रो कोशिस अझै पर्याप्त भएको छैन् भन्ने मलाई लागेको छ । ’

त्यस्तै उनले यसपटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौं, तीन करोडभन्दा सानो योजना संघीय सरकारको योजनामा समावेश गर्दैनौं भन्ने निष्कर्षमा उभिनको लागि धेरै ठूलो चुनौतीको सामना गर्नुपरेको बताए ।

अप्ठ्यारालाई चिर्दै वस्तुनिष्ठ,आवश्यक्ता सापेक्षित र स्रोत सापेक्षित भएर योजना निर्माण गर्नुपर्ने धारणा राखे । साथै स्रोतलाई अत्याधिक प्रतिफल हुनेगरी योजनाहरुमा विनियोजन गर्ने ढाँचामा जान आवश्यक रहेको पनि मन्त्री पौडेलले बताए ।

उनले भने, ‘यसपटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौं । तीन करोडभन्दा सानो योजना संघीय सरकारको योजनामा समावेश गर्दैनौं भन्ने त्यो निष्कर्षमा उभिनको लागि धेरै ठूलो चुनौतीको सामना गर्नुपर्यो । त्यसकारण यो अप्ठ्याराबीच हामी छौं । तथापी यी अप्ठ्यारालाई चिर्दै योजना वस्तुनिष्ठ ढंगले निर्माण गर्ने आवश्यक्ता सापेक्षित, श्रोत सापेक्षित भएर योजना निर्माण गर्ने र त्यो स्रोतलाई अत्याधिक प्रतिफल हुनेगरी योजनाहरुमा विनियोजन गर्ने ढाँचामा हामी जानैपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्