images
images
images

मन्त्री दाहालद्वारा दमकमा निर्मित सडक आयोजना कार्यालय उद्घाटन

images

पूवाधार वाच, झापा । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका छन् ।

मन्त्री दाहालले काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नु भएको हो ।

त्यस क्रममा मन्त्री दाहालले निर्धारित समय भित्रै सडक विस्तारको काम सक्न निर्देशन दिए ।

योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भए पछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुने छ ।

कार्यक्रममा सडक विभागका महा निर्देशक डा विजय जैशी, एडीबी परियोजना प्रमुख चुडाराज ढकाल लगायत विभागका अधिकारीहरूको सहभागिता रहेको थियो ।

८ करोड ७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्