images
images
images

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

images

पूर्वाधार वाच, धादिङ । 

व्यक्तिको जग्गामा सडक कालोपत्रे गरिदिए पछि एक जना महिला अन्यायमा परेकी छन् । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी निकट नेवाः राष्ट्रिय परिषद्ले सडक बनाएर हडपेको धादिङ–धार्केको ती महिलाको जग्गा फिर्ता पाउनु पर्ने भन्दै काँडेतार लगाइदिएको छ।

‘साबिक केबलपुर धुनिबासी नगरपालिका– ५, ९ ग कित्ता नं १२० मा नेपाल सरकार सडक विभागको लापरबाहीको कारण विमला महर्जनको निजी जग्गामा बिना जानकारी तथा मापदण्ड विपरीत ३ रोपनी १५ आना र २ पैसा जग्गामा गैर कानुनी रूपमा पिच गरे पछि विरोध स्वरूप काँडेतार लगाएका हौं,’ परिषद्का संयोजक सुमन सायमीले भने ।

उनका अनुसार जग्गा धनी महर्जनको न्यायका लागि परिषद् संयोजक सायमी सहित हलिं नेवाः गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, विनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठ, विकास बाबु श्रेष्ठ, विकास घिमिरे, बेबी राज भण्डारी लगायतका नेताहरू धादिङ पुगेका थिए ।

मुक्ति पार्टीका नेताहरूको उपस्थितिमा अन्यायमा परेकी महर्जनको जग्गा मापदण्ड अनुसार बाटोमा दिनुपर्ने जग्गा बाहेक बाँकी जमिन फिर्ता दिलाउन सडक मै तारबार लगाइएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्