पूर्वाधार वाच, ललितपुर ।
नेपाल सरकारका उपसचिव शेरबहादुर बि.सी. एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित हुनुभएको छ। ललितपुरको पुलचोकस्थित द प्लाजामा सोमबार आयोजित समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसचिव बि.सी.लाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।
सिजन मिडियाद्वारा आयोजित कार्यक्रम एशियाभर समाजमा असाधारण योगदान पुर्याउँदै प्रेरणादायी भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई सम्मानित गर्ने उद्देश्यले आयोजना गरिएको हो। नेपाल, भारतसहित विभिन्न मुलुकका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा उपसचिव बिसीसहित थुप्रै व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो।
बि.सी.ले सरकारी सेवामा उल्लेखनीय योगदान गर्दै आएका छन्। उहाँले टोखा नगरपालिकामा २९ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दा १४ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण, आन्तरिक स्रोत वृद्धि, सूचना–प्रविधिमैत्री सेवा प्रवाह, विष्णुमती नदी सरसफाइ अभियानलगायत महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुभएकाे थियाे।
यिनै योगदानका कारण उहाँलाई यस वर्षको एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको जनाइएको छ ।

कार्यक्रममा हामा आइरन एन्ड स्टिल इन्डष्ट्रिज प्राइभेट लिमिटेडका अध्यक्ष बालकृष्ण श्रेष्ठ लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित हुनु भएको छ । यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, प्रभु ईन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ ।
यसैगरी जलविद्युत प्रवद्र्धक एवम मादमे खोला हाईड्रोपावर लिमिटेडका अध्यक्ष सुसन कर्माचार्य, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, मोरङ अटो वक्र्सका कार्यकारी निर्देशक मिलनबहादुर मल्ल पनि सम्मानित हुनुभएको छ ।
यसैगरी न्यूजपोलार डटकमका प्रधान सम्पादक सुशील अर्याल, नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक एवम प्रस्तोता शिवानी थापा बस्न्यात, ह्वाइट कोरल स्पा एकेडेमीका प्रबन्ध निर्देशक कमला गिरी, व्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनी, गायक तथा संगीतकार शिव परियार पनि सम्मानित हुनुभएको छ ।
यसैगरी आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, लक्ष्मी हेयर एण्ड व्यूटी एकेडेमीका अध्यक्ष लक्ष्मी ठाकुर, नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक एवं अध्यक्ष सुकदेव कार्की, नेपाल उद्योग वाणिज्य महासंघ ‘लगानी तथा अन्तर्राष्द्रिय मामिला फोरम’का सभापति मनोज पौडेल, हिमालय एयरलाइन्सका प्रशासन व्यवस्थापक एवम क्याबिन क्रूय सिमान्त श्रेष्ठ, ओमवे टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सुरेश रिजाल सम्मानित हुनुभयो ।
यसैगरी एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सात विदेश नागरिक सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा चेन हुआन, अध्यक्ष, गाओकिङ काउन्टी फोटोग्राफर्स एसोसिएसन, सान्दोङ, चीन , लिङ बोफा (पाध्या), अध्यक्ष, जुबा सप्लाई एन्ड मेन्टिनेन्स कम्पनी, लि.,कम्बोडिया , मासिउर रहमान सुमोन, म्यानेजिङ डाइरेक्टर, होटल इम्पेरियल इन्टरनेसनल, बंगलादेश , मोइनुफ्रिन अहमद, प्रमुख फोटो पत्रकार, दी न्यू नेसन दैनिक, बंगलादेश , मनिमरन एएल सुपिया, संस्थापक, प्रोनेस (प्रमोसनल एसोसिएसन अफ ग्लोबल नेटवर्किङ), मलेसिया, फुन्चो डेन्डुप, प्राविधिक सल्लाहकार, श्रम विभाग, भुटान उद्योग, बाणिज्य तथा रोजगार मन्त्रालय र खुसी कार्की, मेरो डान्स विजेता, थाइल्याण्ड (सिजन १) सम्मानित हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्र अध्यक्ष दाहालले देशलाई योगदान गर्नेहरुलाई सम्मान गर्दा अझै राम्रो काम गर्न प्रेरित गर्ने बताउनुभयो । दाहालले यस्ता कार्यले सकारात्मक र नयाँनयाँ काम गर्नेहरुलाई ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देशभित्र विभिन्न क्षेत्रमा मेहनत र निष्ठाद्वारा योगदान पुर्याउनेलाई गरिएको सम्मान अत्यन्तै महत्त्वपूर्ण छ, देशलाई योगदान गर्नेहरुलाई एकै ठाउँमा राखेर सम्मान गर्दा अझै राम्रो गर्न प्रेरित गरेको छ।’ प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगर र प्रतिनिधिशभा सदस्इ एकनाथ ढकालले यो मञ्चको सिर्जना गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुले देशलाई दिएको योगदान र कडा मेहनतलाई प्रेरणा दिएको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रतिभा, मेहनतलाई सम्मान गर्ने अवसरले सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा राम्रो काम गर्न ज्यादै कठिन रहेकाले कठिनाइका बाबजुद केही सकारात्मक काम गर्न सफल भएको बताउनुभयो ।
सम्मानित व्यक्तित्व एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले विभिन्न क्षेत्रमा सेवा गर्नेहरुलाई सम्मान गरेर प्रोत्साहित गरेको बताउँदै अर्को वर्ष गाउँको दूरदराजमा बसेर सेवा गर्नेलाई सम्मान गर्न आग्रह गर्नुभयो ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले १७ वर्षको अवधिमा सामाजिक, सांस्कृतिक तथा व्यावसायिक क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गर्दै आएको बताउनुभयो । सिजन मिडियाले यस कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका एसियाली मुलुकका २८ जना व्यक्तित्वलाई सम्मान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्