images
images
images

अग्रिम टिकट बुकिङ प्रक्रिया सुरु भइसकेको छ : अध्यक्ष स्वाँर

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले चाडपर्व लक्षित गर्दै सार्वजनिक यातायातहरुले अग्रिम तीन दिनको टिकट बुकिङ सुरु भएको जानकारी दिएका छन् ।
मंगलबार यातायात विभागसँगको छलफलका क्रममा बोल्दै उनले अनिवार्य टिकट हुनुपर्ने र त्यसको लागि अहिले तीन दिनको टिकट बुकिङ सुरु भइसकेको बताएका छन् ।

‘यसपाली छुट्टै अग्रिम खुल्यो भनेर भन्न पर्दैन । त्यसको लागि मिति तोक्नुपर्दैन । अग्रिम सुरु भइसकेको छ । अहिले गएर हेर्नुभयो भने दुईतीन दिनको टिकट दिइरहनु भएको छ । ट्राफिक प्रहरीको सहायक निरीक्षक नमराज अधिकारीसँग गएर कम्तिमा तीन दिनको लागि लिन थाल्यौं पनि भनेका छौं । किनभने कलेज बिदा भइसकेको छ । विद्यार्थीहरु जान सक्छन्,’उनले भने ।

उनले हवाइ यातायात र सार्वजनिक यातायातमा सरकारीस्तरबाट नै विभेद भएको भन्दै सरकारले गरेका निर्णयहरु लागू हुन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्