images
images
images

पियोर इनर्जी लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

पियोर इनर्जी लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौं, नयाँबानेश्वरमा कम्पनीका अध्यक्ष अक्षय गोल्याणको सभापतित्वमा मङ्गलबार सम्पन्न सो साधारणसभाले अध्यक्ष गल्याणद्वारा प्रस्तुत कम्पनीको आव २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

आव २०८१/०८२ को वासलात, नाफा, नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आव २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

यस वर्षदेखि व्यसायिकरुपमा संचालनमा आएको सो कम्पनीले २० मेगावाट सौर्य फोटोवोलटिक परियोजनाको दुई ब्लकहरु संचालनमा आएको हो ।

साधारणसभामा दिइएको जानकारी अनुसार ब्लक १ अन्तर्गत बाके जिल्लाको खजुरा गाउँपालिकास्थित रनियापुरमा १० मेगावाट परियोजना अन्तर्गत डिसी ६५५ wp र ६६० wp रहेको छ भने ६ एमभीएका टान्सफर्मर जडान गरिएको साधारणसभामा जानकारी दिइयो ।

यसैगरी ब्लक २ अन्तर्गत डिसी क्षेमता ६४० wp र ६४५ wp मा ६ एमभीएका ट्रान्सफर्मर जडान गरी काम भइरहेको जनाइएको छ ।

आव २०८२ को आयव्याय विवरण अनुसार संचालनबाट आम्दानी २५,९२,५६,९१५ रुपैयाँ देखाएको छ भने अन्य आम्दानी १,५१,९१,५८५ रुपैयाँ हुन गएको छ ।

त्यसैगरी जम्मा आम्दानी २७,४४,४८,५०१ रुपैयाँहुँदै कम्पनीको शुद्ध नाफा ३,१९,७९,०३८ रुपैयाँको भएको छ ।

कार्यक्रममा शेयरधनीहरुबाट उठेका जिज्ञासाको समाधान कम्पनी अध्यक्ष गोल्याण र अन्य पदाधिकारीले गरेका थिए ।

साथै रिक्त रहेको संचालक सदस्यहरुमा सस्थापकबाट संजयकुमार साह, सर्वसाधारणबाट प्रवेशकुमार आचार्य र स्वतन्त्रबाट विशाखालक्ष्मी खडकालाई निर्वाचित गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्