पूर्वाधार वाच, काठमाडौं ।
नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको फूलपाती बढाइँको समापन भएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
सो समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो ।
समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो ।



























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्