images
images
images

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

images

पूर्वाधार वाच, सुरुङ्गा ।

‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी घाइते भएका थिए।

घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्