images
images
images

लगातार वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो

images

पूर्वाधार वाच, हेटौँडा ।

निरन्तर परेको अविरल वर्षाले हेटौँडासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । गत केही दिनयता परेको पानीका कारण सडक चिप्लिने, खोला–नाला बढ्ने र विभिन्न स्थानमा आवतजावत अवरुद्ध हुने अवस्था सिर्जना भएको छ ।

हेटौँडाको मुख्य बजार क्षेत्रमा पानी जम्दा व्यापारी र स्थानीय बासिन्दा दुबैलाई समस्या भएको छ भने ग्रामीण भेगका धेरै ठाउँमा सडक आवागमन कठिन बनेको छ ।

खेतबारीमा पानी जम्दा धान लगायतका बालीहरूमा समेत असर पुगेको किसानहरूले बताएका छन् । यातायात क्षेत्र पनि प्रभावित भएको छ ।

हेटौँडा–काठमाडौं, हेटौँडा–ललितपुर र हेटौँडा–चितवनतर्फका सडक खण्डहरूमा पहिरो र चिप्लोपनका कारण यात्रा जोखिमपूर्ण बनेको छ । स्थानीय प्रशासनले अत्यावश्यक बाहेक यात्रामा नजान आग्रह गरेको छ ।

वर्षासँगै खोला–नालामा पानीको बहाव बढेकाले बस्ती नजिकका परिवारलाई सतर्क रहन सुरक्षा निकायले सूचना जारी गरेको छ । जनजीवन अस्तव्यस्त बने पनि सम्बन्धित निकायले उद्धार र व्यवस्थापनमा तयारी अवस्थामा रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्